Techie IT
×
गृहपृष्ठराजनीतिसरकारविरुद्ध नेबि संघ सडकमा

सरकारविरुद्ध नेबि संघ सडकमा


१ असार, काठमाडौं । भ्रष्टाचार रोक्ने र सुशासन कायम गर्ने भन्दै स्वतन्त्र युवाहरुले चलाएको आन्दोलनबाट उत्साहित भएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले सरकारविरुद्ध प्रदर्शन गर्न सडकमा उत्रिएको छ । राजधानीको बिजुली बजारमा प्रदर्शनमा उत्रिएका नेवि संघका नेता कार्यकर्ताले सरकारविरुद्ध लेखिएका प्ले कार्डसहित नारावाजी गरेका हुन् ।

उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोनाविरुद्ध, नुन, तेल र बेसार सिफारिस गर्ने डाक्टर भन्दै व्यङ्ग्य गरेका प्लेकार्ड बोकिएको थियो ।

उनीहरुले प्रधानमन्त्री ओलीको तस्बिर जलाएका थिए ।

पहिला पहिला स्वतन्त्र रुपमा सामाजिक सञ्जालबाट निकालेको स्वतः स्फुर्त जुलुशको तुलनामा नेबिसंघले निकालेको जुलुश धेरै सानो थियो । जुलुशमा सामाजिक दूरी पनि कायम गरिएको थिएन ।


क्याटेगोरी : राजनीति


प्रतिक्रिया दिनुहोस