माओवादी केन्द्रको तीन महिने अभियान
काठमाडौं । माओवादी केन्द्रले माघ २६ गते केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको छ । आज बसेको स्थायी समितिको बैठकले माघ २६ गते साँझ ५ बजे भर्चुअल माध्यमवाट केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको हो ।
पार्टीको शनिबार बसेको स्थायी समिति बैठकले पार्टी संगठन लगायत तीन महिने अभियान संचालन गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको छ।
गृहमन्त्रालय रबि लामिछाने र सो पार्टीका सभापतिको नागरिकता र राहदानीको विवाद अझै नसुल्झिएका कारण दिन नसकिने निर्णय गरेको छ ।
गृहकाे बारेमा रबि लामिछानेले दुई दिनभित्र टुंग्याउनु पर्छ भनेर दिएको समयसीमा आज समाप्त हुँदैछ ।
साथै बैठकले राष्ट्रपतिका सम्बन्धमा राष्ट्रिय सहमति हुनपर्ने निर्णय गरेको छ ।
क्याटेगोरी :
राजनीति
ट्याग : #breaking,
#nekapa maobadi kendra