Techie IT
×
गृहपृष्ठराजनीतिकञ्चनपुरको पुनर्वास नगरपालिका–८ मा सबै स्वतन्त्रका उम्मेदवार निर्वाचित

कञ्चनपुरको पुनर्वास नगरपालिका–८ मा सबै स्वतन्त्रका उम्मेदवार निर्वाचित


कञ्चनपुर, ८जेठ । कञ्चनपुरको पुनर्वास नगरपालिका–८ मा सबै पदमा स्वतन्त्रका उम्मेदवार निर्वाचित भएका छन्।

वडाध्यक्ष र वडा सदस्य पदमा स्वतन्त्रका उम्मेदवार निर्वाचित भएका हुन्।

वडाध्यक्षमा श्रवण राना ८१८ मतसहित विजयी भएका छन्। महिला सदस्यामा देवी कार्की ६३२, दलित महिला सदस्यमा लक्ष्मी सुनार ६७१, सदस्यमा दिपेश मल्ल ६६४ र दुलेराम राना ६१३ मत ल्याएर निर्वाचित भएका छन्। उनीहरुले गुलाबको फूल चुनाव चिह्न लिएर चुनाव भाग लिएका थिए।


क्याटेगोरी : राजनीति, सुदूरपश्चिम प्रदेश
ट्याग : #hot, #swotantra


तपाईको प्रतिक्रिया दिनुहोस