Techie IT
×
गृहपृष्ठप्रदेशसुदूरपश्चिम प्रदेशकैलालीमा तस्कर र प्रहरीबीच गोली हानाहान

कैलालीमा तस्कर र प्रहरीबीच गोली हानाहान


धनगढी, २४ चैत । कैलालीमा नेपाल प्रहरी र भारतीय लागुऔषध तस्करबीच दोहोरो गोली हानाहान भएको छ । भजनी नगरपालिका–३ को मोरिया घाटस्थित मोहना नदी किनारमा प्रहरी र लागुऔषध तस्करबीच दोहोरो गोली हानाहान भएको हो । तीन ग्राम खैरो हेरोइनको तस्करी हुँदै गरेको गोप्य सूचना पाएपछि प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीको नेतृत्वमा प्रहरीकोे विशेष टोली खटेको थियो ।

नेपाल–भारत सिमानामा पिल्लर नम्बर ७०७/३ नजिक लागुऔषध तस्करलाई नियन्त्रणमा लिन खोज्दा तस्करले प्रहरीमाथि एक राउण्ड गोली प्रहार गरेको जिल्ला कार्यालय कैलालीका सह–प्रवक्ता प्रहरी निरीक्षक हिक्मत थापाले बताए ।

‘त्यसपछि प्रहरीले जवाफी फायर खोलेको थियो’, उनले भने । ‘हाम्रोतर्फबाट तीन राउण्ड गोली चलेको छ ।’ दोहोरो गोली हानाहानमा प्रहरीतर्फ कुनै नोक्सान भएको छैन । तर, तस्करतर्फ एक जना घाइते भएको अपुष्ट खबर रहेको थापाले बताए ।

चार/पाँच जनाको सङ्ख्यामा रहेका तस्करले घाइते व्यक्तिलाई पनि आफूसंगै लिएर भारततिरै भागेको जनाइएको छ । घटनास्थलबाट प्रहरीले एउटा नपड्काइएको गोलीसमेत बरामद गरेको छ । घटना सोमबार अपराह्न साढे पाँचतिर भएको हो ।

कैलालीको टीकापुर र भजनी क्षेत्र पछिल्लो समय लागुऔषध तस्करीको ट्रान्जिट प्वाइन्ट बनेको छ । यसैगरी, कञ्चनपुरमा पनि भारतबाट लागुऔषधको तस्करी हुँदै आएको छ । केही हप्ता अगाडिमात्रै कञ्चनपुरमा प्रहरीको कारबाहीमा परेर भारतको एक लागुऔषध तस्करको ज्यान गएको थियो ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश
ट्याग : #breaking, #hot

तपाईको प्रतिक्रिया दिनुहोस


जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)