Techie IT
×
गृहपृष्ठप्रदेशसुदूरपश्चिम प्रदेशसेती अस्पतालमा कोरोना संक्रमितको मृत्यु

सेती अस्पतालमा कोरोना संक्रमितको मृत्यु


धनगढी, २७ पुस । कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचाररत एक संक्रमितको गएराति मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका ३ का ८० वर्षका वृद्धको उपचारको क्रममा ज्यान गएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार पुस २० गतेदेखि ती वृद्धलाई सेती प्रादेशिक कोरोना अस्थायी अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो ।

मृतकलाई कडा निमोनिया र स्वासप्रस्वासको समस्या रहेको थियो, अस्पतालका सूचना अधिकारी श्रेष्ठले भने ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश
ट्याग : #Corona, #hot


तपाईको प्रतिक्रिया दिनुहोस