Techie IT
×
गृहपृष्ठप्रदेशसुदूरपश्चिम प्रदेशकारागार दार्चुलाका ३५ जनामा कोराना संक्रमण पुष्टि

कारागार दार्चुलाका ३५ जनामा कोराना संक्रमण पुष्टि


दार्चुला, ५ कार्तिक । जिल्ला कारागार दार्चुलाका ३५ जनामा कोराना संक्रमण पुष्टि भएको छ । दार्चुला कारागारबाट कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएका ३५ जनामा बुधबार डडेल्धुरा अस्पतालको प्रयोगशालामा कोरोना पोजेटिभ देखिएको कारागार कार्यालय दार्चुलाका प्रमुख मानबहादुर खडायतले जानकारी दिए।

कारागारभित्र ठाउँ अभावमा संक्रमितलाई अलग्गै कोठामा राख्न सकिने अवस्था छैन् । दार्चुला कारागारको २५ जना पुरुष र १५ जना महिला गरि ४० जना कैदिबन्दी राख्ने क्षमता हो । तर अहिले क्षमताभन्दा २० जना बढी कैदीबन्दी राखिएका छन् । हाल दार्चुला कारागारमा १२ थुनुवा र ४८ जना कैदी गरि ६० जना कैदीबन्दी रहेका छन् जसमा ५७ जना पुरुष र ३ जना महिला कैदी रहेको कारागार प्रमुख खडायतले बताए ।
बुधबार संक्रमण पुष्टि हुनेमा ३० जना कैदीबन्दी र ५ जना कारागारमा कार्यरत कर्मचारी र सुरक्षाकर्मी छन् । फरार अभियुक्तको सूचिमा रहेर भारतबाट फर्किएका कैदीलाई प्रहरीले पक्राउ गरि अदालतबाट कारागार चलान गरेको थियो । उनिहरुबाट नै कारागारभित्र कोरोनाले प्रबेश पाएको हुनसक्ने आशंका गरिएको छ ।

क्षमताभन्दा बढी कैदीबन्दीको भिडभाड भएकाले कारागार भित्र कोरोनाको जोखिम झन बढेको खडायतले बताउनुभयो । यसअघि कारागारमा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । दुई जना मध्ये एक जना मानसिक र एक जना हर्नियासम्बन्धी रोगी रहेकाले थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको छ ।


क्याटेगोरी : स्वास्थ्य, सुदूरपश्चिम प्रदेश
ट्याग : #Corona, #darchula, #jail