Techie IT
×
गृहपृष्ठप्रदेशकर्णाली प्रदेशकर्णाली प्रदेशको मन्त्रिपरिषद् हेरफेर

कर्णाली प्रदेशको मन्त्रिपरिषद् हेरफेर


सुर्खेत, २५ साउन । कर्णाली प्रदेशको मन्त्रिपरिषद् हेरफेर गरिएको छ । मुख्यमन्त्री जीवन बहादुर शाहीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय आफैसँग राखेका छन् । उक्त मन्त्रालयमा माओवादी केन्द्रबाट गैरसांसद छिरिङ डम्डुल लामा (कार्चेन) थिए ।

उनको ६ महिनाको अवधि सकिएपछि रिक्त रहेको मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री शाहीले आफै राखेका हुन् ।

प्रदेश प्रमुख तिलक परिवारले मुख्यमन्त्री शाहीको सिफारिसमा मन्त्रिपरिषद् हेरफेर गरेको प्रदेश प्रमुख कार्यालय निमित्त सचिव भीमराज थानीले जानकारी दिए । उक्त मन्त्रालय माओवादी केन्द्रका भागमा परेकोले मन्त्रीको नाम टुंगो लगाएर पठाउने विषयमा छलफल भइरहेको जनाएको छ ।


क्याटेगोरी : राजनीति, कर्णाली प्रदेश
ट्याग : #hot, #karnali


तपाईको प्रतिक्रिया दिनुहोस