दुई जनाको मृत्यु, ६ जना बेपत्ता, १४ को उद्धार
घाइतेको उद्धारका लागि सुर्खेतबाट हेलिकप्टर पठाउने तयारी
सुर्खेत । कालिकोकोट बुधबार बिहान भएको टिपर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन् । १४ जनाको भने उद्धार गरिएको छ । तीमध्ये चारजनाको अवस्था गम्भीर छ । उनीहरुलाई उपचारका लागि हेलिकप्टरबाट ल्याउने तयारी गरिएको छ ।
घाइतेको उद्धारका लागि सुर्खेतबाट हेलिकप्टर पठाउने तयारी गरिएको छ ।
दुर्घटनामा गम्भीर घाइतेहरुलाई उपचारका लागि उद्धार गर्न नेपाली सेनाको हेलिकप्टर पठाउन लागिएको प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले जानकारी दिए ।
कालीकोटको नरहरीनाथ गाउँपालिका–१ लालीघाटबाट रास्कोट नगरपालिकातर्फ जाँदै गरेको ना८ख ५१३३ नम्बरको टिपर बुधबार कर्णाली नदीमा खसेको थियो ।
३९ जना सवार रहेको टिपरबाट १७ जना बाटोमै उत्रिएको पाइएको छ ।
क्याटेगोरी :
कर्णाली प्रदेश
ट्याग : #breaking