Techie IT
  • २२ जेठ २०८०, सोमबार
Jhilko

वृद्धाश्रममा मनाए मन्त्री बुढाक्षेत्रीले असार १५


दीपेन्द्र शर्मा

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले असार १५ लाई नयाँ ढंगले मनाएका छन । असार १५ गते १८ औ धान दिवस मनाउन कर्णालीका कृषिमन्त्री कुर्मराज शाही दलवलसहित वीरेन्द्रनगरको तिलपुरमा जाँदा सामाजिक विकासमन्त्री बुढा भने कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेको बृद्धाश्रममा गएर धान दिवस मनाएका छन । मन्त्री बुढाक्षेत्रीले बृद्धाश्रममा रहेका जेष्ठ नागरिकहरुसँग दही चिउरा खुवाएर मनाएका हुन ।

वीरेन्द्रनगरमा रहेको प्रशान्ति बृद्धाश्रममा आश्रित बृद्धबृद्धाहरुसँग मन्त्री बुढाक्षेत्रीले असार १५, १८ औ धान दिवस मनाएको स्वकीय सचिवालय सदस्य जगतदल जनाला विकेले जानकारी दिए । विकका अनुसार मन्त्री वुढाक्षेत्रीले आश्रममा रहेका २४ जना बृद्धबृद्धाहरुलाई फलफुल वितरण गर्नुका साथै दही चिउरा पनि वितरण गरेका थिए ।

जेष्ठ नागरिकलाई सम्मानपूर्वक जीवनयापनको वातावरण बनाउने दायित्व सबैले पूरा गर्नुपर्ने मन्त्री बुढाक्षेत्रीले बताए । जन्मेपछि सबै बूढो हुने बताउँदै उनले जेष्ठ नागरिकलाई सम्मान गर्नेले नै सम्मान पाउने उनको भनाइ छ । ‘मानव जीवनमा सबै मानिसहरु एक पटक बूढो हुनैपर्छ, बूढो भएपछि हेलोहोचो गर्ने र घरबाट निकाला गर्ने प्रथाले कतिपय जेष्ठ नागरिकले दुःख पाउनु परेको छ, यस्तो अवस्थाको अन्त्य गर्ने सबै नागरिकहरुको दायित्व भएको बुढाले बताए ।

बृद्धाश्रमले असहाय र आफ्नैबाट हेपिएका जेष्ठ नागरिकहरु राखेर पुण्यको काम गरेको भन्दै बृद्धाश्रमलाई सामाजिक विकास मन्त्रालयको पनि सहयोग रहने मन्त्री वुढाले प्रतिवद्धता व्यक्त गरे ।

यस्तै बृद्धाश्रममा नेपालका विभिन्न जिल्लाहरुबाट आश्रय लिइरहे पनि भवन र संस्था व्यवस्थापनका लागि आर्थिक अभाव भएको संस्थाका अध्यक्ष बालकृष्ण श्रेष्ठले बताए । अहिले उक्त आश्रममा साहाराविहीन २४ जना जेष्ठ नागरिकहरु बस्दै आएका छन् ।


क्याटेगोरी : कर्णाली प्रदेश

प्रतिक्रिया


ताजा अपडेट