Techie IT
×
गृहपृष्ठप्रदेशकर्णाली प्रदेशफरार अपराधी पक्राउ

फरार अपराधी पक्राउ


सुर्खेत प्रहरीले फरार अपराधीलाई लामो समयपछि पक्राउ गरेको छ । अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा पक्राउ गरिएको हो ।

जवर्जस्ती करणी उद्योग र चोरी मुद्दामा उच्च अदालत सुर्खेतको मिति २०७७ साल फागुन ३ गतेको फैसला आदेश पश्चात फरार रहेका सुर्खेत वीरेन्द्रनगर नगरपालिका ७ वस्ने कवि कालुङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए । घर्तीका अनुसार जिल्ला प्रहरी कार्यालय सुर्खेत बिशेष टोलीले वुधवार पक्राउ गरेको हो । अदालतको फैसला अनुसार कविले नौ बर्ष तीन महिना कैद र २५०० जरिवाना ब्यहोर्नु पर्नेछ ।

पक्राउ परेका कालुङको पीसीआर परिक्षण गरी अदालतमा उपस्थित गराउने प्रहरीले जनाएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार