Techie IT
×
गृहपृष्ठप्रदेशकर्णाली प्रदेशकर्णाली प्रदेशसभाको बैठक सुचारु

कर्णाली प्रदेशसभाको बैठक सुचारु


दिपेन्द्र शर्मा

सुर्खेत/ केही दिनदेखि अवरुद्ध कर्णाली प्रदेशसभाको बैठक आजबाट सुचारु भएको छ । सभामुख राजवहादुर शाहीको अध्यक्षतामा वसेको सर्वदलीय बैठकको सहमति अनुसार प्रदेशसभाको बैठक सुचारु भएको हो ।

सभामुख राजबहादुर शाहीको अध्यक्षतामा बसेको सर्वदलीय बैठकमा दलहरुबीच विवादित मन्त्री अम्मर थापाको मुद्दाको टुंगोे नलागुन्जेलसम्म संसदमा उपस्थित नहुने सहमति भएपछि सुचारु भएको छ ।

प्रदेशसभाको आठौं अधिवेशनको पहिलो वैठकमा प्रदेश सरकारका भौतिक पूर्वाधार एवम् शहरी विकास मन्त्री अम्मरबहादुर थापाको बर्खास्तीको माग राखी प्रमुख प्रतिपक्षी नेकपा एमालेले बैठक अवरुद्ध गर्दै आएको थियो ।

मन्त्री थापामाथिको मुद्दा न्यायालयमा विचाराधीन रहेको र यही जेठ ३० मा पेसीसमेत तोकिएको अवस्थामा सो अवधिसम्म मन्त्री थापालाई प्रदेशसभामा उपस्थित नगराउने र बैठक नियमित गर्ने सहमति भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

कर्णालीमा प्रमुख प्रतिपक्षद्वारा लगातार वैठक अवरुद्ध


क्याटेगोरी : कर्णाली प्रदेश


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार