Techie IT
×
गृहपृष्ठप्रदेशकर्णाली प्रदेशजुम्लामा विद्यालयको छाना हुरीले उडायो

जुम्लामा विद्यालयको छाना हुरीले उडायो


जुम्ला, २२ चैत । तातोपानी गाउँपालिका ८, टोप्ला गाउँको काविका माध्यमिक विद्यालयको छाना हुरीले उडाएको छ। विद्यार्थी चौरमा बसेर पढ्न बाध्य भएका छन्।

यो विद्यालयमा प्रविणता प्रमाणपत्र तहमा कृषि विज्ञान (आइएस्सीएजी) समेत अध्यापन हुँदै आएको छ। हावाहुरीले भवनको छानो नै उडाएपछि सबै तहको पठनपाठनमा असर परेको छ।

हावाहुरीले गाउँ नजिक खोला किनारमा रहेको कुटानी(पिसानी मिलको छाना पनि उडाइदिएको स्थानीय हरिबहादुर शाहीले बताए। उनले भने, ुहावाहुरी उठाएका जस्ता पाता लागेर स्याउको विरुवा गाईवस्तुलाई पनि क्षति पुगेको छ।ु

समस्यालाई समाधान गरिदिन स्थानीयबासीले सरोकारवाला निकायसँग आग्रह गरेका छन्।


क्याटेगोरी : कर्णाली प्रदेश
ट्याग : #hot, #school

तपाईको प्रतिक्रिया दिनुहोस


जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)