Techie IT
×
गृहपृष्ठप्रदेशकर्णाली प्रदेशओलीको प्रतिगामी कदम विरुद्ध नेकपा हुम्लाले पठायो प्रधानमन्त्री र राष्ट्रपतिलाई संविधानको प्रति

ओलीको प्रतिगामी कदम विरुद्ध नेकपा हुम्लाले पठायो प्रधानमन्त्री र राष्ट्रपतिलाई संविधानको प्रति


हुम्ला, २४ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक र अलोकतान्त्रिक रुपमा प्रतिनिधि सभा विघटन गरेको विरुद्ध नेकपा हुम्ला जिल्ला आन्दोलित बनेको छ ।

सो कदम तत्काल फिर्ता लिन माग गर्दै नेकपा जिल्ला कमिटी हुम्लाले प्रमुख जिल्ला अधिकारीमार्फत संविधानको प्रति पठाएको छ ।

नेकपाको प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भणडारी विरुद्ध नारा जुलुससहित प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीलाई बुझाएको नेकपा कर्णाली प्रदेशका सदस्य तथा नेकपा हुम्लाका कार्यबाहक अध्यक्ष जुम्कित लामाले जानकारी दिइन् । उनले भनिन, माघ २ गते हुम्लाका सातै गाँउपालिका विरोध सभाको कार्यक्रम आयोजना गरिएको छ ।

 


क्याटेगोरी : कर्णाली प्रदेश
ट्याग : #breaking, #humla, #nekapa


तपाईको प्रतिक्रिया दिनुहोस