Techie IT
×
गृहपृष्ठप्रदेशकर्णाली प्रदेशकर्णाली प्रदेश अस्पतालको आइसोलेसनमा उपचाररत कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली प्रदेश अस्पतालको आइसोलेसनमा उपचाररत कोरोना सङ्क्रमितको मृत्यु


सुर्खेत, ९ असार ९ । कर्णाली प्रदेश अस्पतालमा रहेको आइसोलेसनमा उपचार गराइरहेका एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
दैलेखको दुल्लु नगरपालिका वडा नं ३ का ४५ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण मङ्गलबार मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।

अस्पतालका कोरोना फोकल पर्सन डा. केएन पौडेलले कोरोना सङ्क्रमणका कारण उनको मृत्यु भएको पुष्टि गरे ।
मृत्तक पुरुष क्षयरोगका बिरामी थिए । उनले दुई अढाई वर्षदेखि क्षयरोगको औषधि सेवन गर्दै आएको जनाइएको छ । डा. पौडेलले मृतक असार ३ गते उपचारका लागि दैलेखबाट आएको जानकारी दिए ।

दैलेखबाट आएको भोलिपल्टै उनको कोरोना परीक्षण गरिएको थियो । रिर्पोट पोजिटिभ आएपछि उहाँलाई आइसोलेसनमा राखेर उपचार गरिएको थियो । उनलाई कसरी कोरोना सङ्क्रमण भयो भन्ने खुलेको छैन ।


क्याटेगोरी : कर्णाली प्रदेश
ट्याग : #breaking, #Corona

तपाईको प्रतिक्रिया दिनुहोस