Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रदेशकर्णाली प्रदेशकालीकोट जिल्ला प्रशासन कार्यालय चार दिनका लागि सिल

कालीकोट जिल्ला प्रशासन कार्यालय चार दिनका लागि सिल


कालीकोट, १४ कात्तिक । एक जना कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय कालीकोट चार दिनका लागि सिल गरिएको छ ।

कर्मचारीको सम्पर्कमा आएका प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेसहित १४ जनाको स्वाब सङ्कलन गरेर परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको प्रशासन कार्यालयले जनाएको छ ।

अहिलेसम्म कालीकोटमा दुई सय तीन जनामा सङ्क्रमण देखिएको छ भने एक सय ७३ जना डिस्चार्ज भइसकेका छन् । त्यस्तै सक्रिय सङ्क्रमित ३० जना कालीकोटका विभिन्न आइसोलेसन सेन्टरमा बसिरहेको जिल्ला जनस्वास्थ्य अधिकृत कटक महतले बताए ।


क्याटेगोरी : समाचार, कर्णाली प्रदेश
ट्याग : #Corona, #kalikot

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!