कोरोना कहर : हुम्लाको ताँजाकोट गाउँपालिकाले पाँच दिनका लागि नाका बन्द गर्यो
हुम्ला,१२ कात्तिक हुम्लाको दक्षिण क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिकाले पाँच दिनका लागि आफ्नो गाउँपालिकासँग जोडिएका सबै नाका बन्द गरेको छ ।
गाउँकार्यपालिकाको निर्णयअनुसार कोरोना सङ्क्रमण जोखिम बढेकाले नाका बन्द गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विशाल ढकालले जानकारी दिए।
पालिकाले बाजुरा जिल्लाको कवाडी नाका, मुगुको तीर्थसैनबाट ताँजाकोट गाउँपालिका र माथिल्लो हुम्ला पुग्ने मुख्य नाका पाँच दिनका लागि बन्द गरेको हो।
हुम्लामा नौ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।
क्याटेगोरी :
कर्णाली प्रदेश
ट्याग : #breaking,
#Corona,
#humla,
#tajakot