मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत
काठमाडौं, ७ कार्तिक । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । आज (शुक्रबार) बिहान ११ बजे बसेको प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीविरुद्ध ल्याइएको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत गरेको जनाईएको छ ।
गत असोज २५ गते १८ जना सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । २७ गते नेपाल समूह अविश्वासको प्रस्तावबाट फिर्ता भएको थियो । आज पूर्वमाओवादी केन्द्रका ठम्मरबहादर विष्टले पनि अविश्वासको प्रस्तावबाट आफ्नो मत फिर्ता लिँदै मुख्यमन्त्री शाहीको पक्षमा उभिएका थिए ।
क्याटेगोरी :
राजनीति,
संसद,
कर्णाली प्रदेश
ट्याग : #breaking