Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रदेशकर्णाली प्रदेशकर्णाली प्रदेशका प्रमुख सचेतक गुलावजङ्ग शाह पदमुक्त, सिता कुमारी नेपाली नियुक्त

कर्णाली प्रदेशका प्रमुख सचेतक गुलावजङ्ग शाह पदमुक्त, सिता कुमारी नेपाली नियुक्त


सुर्खेत, २६ असोज । कर्णाली प्रदेशका मुख्यमन्त्री एवं नेकपा कर्णाली प्रदेश संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले दलका प्रमुख सचेतक गुलावजङ्ग शाहलाई पदमुक्त गरेका छन् । शाहलाई जिम्मेवारीबाट हटाएर मुख्यमन्त्री शाहीले सचेतक सीता नेपालीलाई प्रमुख सचेतकको जिम्मेवारी दिएका छन् ।

शाहको काम कारबाही उचित नभएको भन्दै मुख्यमन्त्री शाहीले पदमुक्त गरेको जानकारी दिएका छन् । मुख्यमन्त्री शाहीले प्रदेश सभा दलको विधान धारा (७) अनुसार पदमुक्त गरिएको र अहिलेसम्म गरेको कामका लागि शाहलाई धन्यवाद दिएका छन् ।

शाह पूर्वएमालेका हुन् भने नेपाली पुर्वमाओवादीका हुन् । आइतबार सत्ता पक्षकै सांसदहरुले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि नेकपा कर्णालीमा विवाद चुुलिँदै गएको छ । यसैबीच मङ्गलबार संसदीय दलको बैठक बस्ने तयारी भएको छ ।


क्याटेगोरी : राजनीति, संसद, कर्णाली प्रदेश
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस