Techie IT
×
गृहपृष्ठप्रदेशप्रदेश ५नेपालगंज शिक्षण अस्पतालले भन्यो, ‘सरकारले अक्सिजन उपलब्ध नगराएकाले कोरोनाका बिरामी भर्ना गर्न असमर्थ छौँ’

नेपालगंज शिक्षण अस्पतालले भन्यो, ‘सरकारले अक्सिजन उपलब्ध नगराएकाले कोरोनाका बिरामी भर्ना गर्न असमर्थ छौँ’


सन्दिप नाथ योगी

बाँके । नेपालगन्ज शिक्षण अस्पताल (नेपालगन्ज मेडिकल कलेज) ले अक्सिजनको चरम अभाव भएपछि सरकारलाई पत्र लेखी जानकारी गराउँदा समेत अक्सिजन नपाएपछि थप कोरोनाका बिरामी भर्ना गर्न नसक्ने बताएको छ । नेपालगन्ज मेडिकल कलेजका प्रबन्ध संचालक डा. सुरेशकुमार कनडियाले एक प्रेस बिज्ञप्ति जारी गर्दै लिक्विड अक्सिजन ट्यांक सकिएको र भारतबाट आउन नसकेकाले हाल उपचार गराइरहेका बाहेक थप कोरोनाका बिरामी भर्ना गर्न नसकिने जानकारी दिएका छन् ।

प्रेस विज्ञप्तिमा भनिएको छ, ‘कोरोना बिरामीको स्वास्थ्य उपचारप्रति अस्पताल गम्भीर रहेको छ । नेपाल सरकारले भारतबाट लिक्विड अक्सिजन ट्यांक यथासक्य चाँडो उपलब्ध गराइदिए अस्पतालले तीन सय बेड संचालन गरी कोरोना बिरामी भर्ना थाल्नेछ ।’

यो पनि पढ्नुहोसबाँकेका अस्पतालमा अक्सिजनको हाहाकार, लुम्बिनी प्रदेशका मुखिया पोख्रेल सत्ताको रजगजमा

अक्सिजन अभावको बारेमा मेडिकल कलेजले सरकारलाई पत्र लेखी जानकारी गराइसकेको बताएको छ । मेडिकल कलेजले पाँच दिनमा एउटा लिक्विड अक्सिजन ट्यांक वा दैनिक आठ सय अक्सिजन सिलिन्डरको आवश्यकता रहेको बताएको छ ।

हालसम्म तीन सय तीन जना कोरोना बिरामी मेडिकल कलेजमा भर्ना भएकोमा एक सय २६ जना डिस्चार्ज भई घर फर्किसकेका छन, एक सय ३३ जना उपचारार्थ रहेका छन भने ४४ जनाको मृत्यु भइसकेको छ ।

हेर्नुहोस् प्रेस विज्ञप्ति,

 


क्याटेगोरी : समाचार, प्रदेश ५
ट्याग : #breaking, #hot

तपाईको प्रतिक्रिया दिनुहोस