Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रदेशगण्डकी प्रदेशकर्णाली प्रदेशसभा सदस्य दिनबन्धु श्रेष्ठलाई कोरोना सङ्क्रमण

कर्णाली प्रदेशसभा सदस्य दिनबन्धु श्रेष्ठलाई कोरोना सङ्क्रमण


जुम्ला, २२ भदौ । कर्णाली प्रदेशसभा सदस्य तथा लेखा समितिका अध्यक्ष दिनबन्धु श्रेष्ठलाई कोरोना सङ्क्रमण भएको छ । उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पालमा स्वाब परीक्षण गर्ने क्रममा नतिजा पोजिटिभ आएको सांसद श्रेष्ठले जानकारी दिए ।

उनको आजै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब परीक्षण गरिएको र नतिजा पोजिटिभ आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले पुष्टिसमेत गरेको छ ।

टेलिफोनमा सांसद श्रेष्ठले आफू अहिले जुम्लामा भएको बेला स्वाब परीक्षण गर्दा नतिजा पोजिटिभ आएको र अहिले होम आइसोलेसनमा बसिरेहेको जानकारी दिए । उनले आफ्नो स्वास्थ्य अवस्था भने सामान्य भएको जानकारी दिए ।

यसैगरी जुम्लामा शनिबार र शुक्रबार सांसद श्रेष्ठसहित थप चार जनामा कोरोना सङ्क्रमण देखिएको छ । शुक्रबार परीक्षण गरिएकामध्ये हिमा गाउँपालिका(३ का २७, ३५ र ५० वर्षीय तीन जना र चन्दननाथ नगरपालिका(८ का ३४ वर्षीय एक जनामा कोरोना सङ्क्रमण भएको सामाजिक विकास कार्यालयको तथ्याङ्क छ ।


क्याटेगोरी : समाचार, संसद, स्वास्थ्य, गण्डकी प्रदेश
ट्याग : #Corona

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार