Techie IT
×
गृहपृष्ठप्रदेशगण्डकी प्रदेशकास्की-२ बाट एमालेकी विद्या भट्टराई प्रतिनिधि सभा सदस्यमा निर्वाचित

कास्की-२ बाट एमालेकी विद्या भट्टराई प्रतिनिधि सभा सदस्यमा निर्वाचित


कास्की, मङ्सिर ८ गते । कास्की क्षेत्र नम्बर २ मा नेकपा (एमाले) की उम्मेदवार विद्या भट्टराई विजयी भएकी छिन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधवप्रसाद कंडेललाई पराजित गर्दै भट्टराई प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी हुन् ।

विजयी भट्टराईले १६ हजार ९९८ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कंडेलले १२ हजार ४९५ मत प्राप्त गरे । सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का श्रीनाथ बराल तेस्रो स्थानमा चित्त बुझाए । बरालले ९ हजार ६५९ मत प्राप्त गरे ।


क्याटेगोरी : राजनीति, गण्डकी प्रदेश
ट्याग : #bidhya bhattarai, #hot

तपाईको प्रतिक्रिया दिनुहोस