Techie IT
×
गृहपृष्ठप्रदेशगण्डकी प्रदेशपोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु


पोखरा, १३ भदौ । पाखेरामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । पोखरा १४ का ५८ वर्षीय एक पुरुषको मृत्यु भएको हो ।

उनी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्मिाञ्चल क्षेत्रीय अस्पतालको आइसियुमा उपचारको क्रममा थिए । उनको आज बिहान ११ बजे मृत्यु भएको अस्पतालका निर्देशक सह डा. अर्जुन आचार्यले जानकारी दिए ।

उनको सोही अस्पतालको अपरेशन विभागमा भदौ ७ गते ‘इमर्जेन्सी एक्सप्लोरेटरी लेप्रेटोमी आपरेसन’ गरिएको र कोभिड १९ को आशंकामा भदौ ८ गते परिक्षणको लागि स्वाब पठाइएको थियो । भदौ १० गते कोभिड १९ पोजेटिभ देखिएपछि उनको आइसियुमा भर्ना गरि उपचार भइरहेको थियो । प्रतिष्ठानमा मृत्यु हुने सातौ संक्रमित रहेको डा आचार्यले जानकारी दिए ।


क्याटेगोरी : गण्डकी प्रदेश
ट्याग : #breaking, #Corona, #hot

तपाईको प्रतिक्रिया दिनुहोस