Techie IT
×
गृहपृष्ठप्रदेशगण्डकी प्रदेशविश्वासको मत लिन मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ असफल

विश्वासको मत लिन मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ असफल


पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ प्रदेसभाको विश्वासको मत प्राप्त गर्न असफल भएका छन् ।

विहीबार प्रदेशसभाको बैठकमा विश्वासको मत सम्बन्धी प्रस्तावको मतदानमा गुरुङ विश्वासको मत प्राप्त गर्न सकेनन् ।

बैठकमा ५८ जना सहभागी भएकोमा ५७ जनाले मतदान गरेकोमा प्रदेशसभाको विश्वासको मतको प्रस्तावको पक्षमा २७, विपक्षमा ३० रहेको सभामुख नेत्रनाथ अधिकारीले घोषणा गरे ।

बहुमत नभएकोले प्रस्ताव अस्वीकृत भएको सभामुख अधिकारीले घोषणा गरे ।

प्रदेशसभामा ठूलो दलको नेताको हैसियतमा गत वैशाख २९ मा दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका गुरुङले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिएका हुन् ।

६० सदस्यीय गण्डकी प्रदेशमा बहुमतका लागि ३१ मत आवश्यक रहेकोमा मुख्यमन्त्री गुरुङको पक्षमा २७ मत परेको हो ।


क्याटेगोरी : गण्डकी प्रदेश
ट्याग : #hot

तपाईको प्रतिक्रिया दिनुहोस