काँग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको निधन
पोखरा, १७ असार १७ । प्रतिनिधिसभा सदस्य ज्ञानकुमारी छन्त्यालको बुधबार बिहान निधन भएको छ । काठमाडौँस्थित गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचाररत छन्त्यालको मृत्यु भएको हो ।
बागलुङको ढोरपाटन नगरपालिका वडा नं.१ बुर्तिवाङ निवासी छन्त्याल सङ्घीय संसदमा नेपाली काँग्रेसकोतर्फबाट समानुपातिक सांसद हुन् ।
उनी २०७० सालको संविधानसभामा निर्वाचनमा तत्कालीन बागलुङ क्षेत्र नं. ३ बाट विजयी भएकी थिइन् ।
लामो समयदेखि मुटु रोगका कारण अस्पतालमा उपचाररत छन्त्यालको बुधबार दिउँसो १ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने नेपाली काँग्रेस बागलुङ क्षेत्र नं. २ का सभापति द्रोण कुँवरले जानकारी दिए ।
क्याटेगोरी :
राजनीति,
गण्डकी प्रदेश