Techie IT
×
गृहपृष्ठप्रदेशगण्डकी प्रदेशमुस्ताङको तिब्बती शरणार्थी शिविरमा कोरोना संक्रमित भेटिएपछि सिल

मुस्ताङको तिब्बती शरणार्थी शिविरमा कोरोना संक्रमित भेटिएपछि सिल


मुस्ताङ, जेठ ८ गते । हिमालपारीको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका–१ छैरोमा रहेको तिब्बती शरणार्थी शिविरमा एक जना संक्रमित भेटिएपछि शिविरलाई आइतबारदेखि सिल गरिएको छ ।

काठमाडौंको बौद्धबाट आएर शिविरमा बसेका ८२ वर्षिय शरणार्थीमा कोरोना भाईरस पोजेटिभ भेटिएपछि क्याम्पलाई सिल गरीएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्यालले बताए ।

काठमाडौबाट आएपछि आरडिटी परीक्षण गर्दा पोजेटिभ देखिएपछि स्वाब संकल गरेर पठाइएकोमा पिसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ आएपछि शनिबार राती देखि नै उच्च सतर्कता सहित आईतबारबाट क्याम्पलाई सिल गरिएको हो ।

हालसम्म कन्ट्रयाक ट्रेसिङको काम भै रहेको र अहिले सम्म २२ जनाको स्वाब संकलनको लागि तयारी भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी अर्यालले बताए । संक्रमित बृद्ध छैरो क्याम्प भित्रै बसेका कारण बाहिर संक्रमणको सम्भावना कम रहेको र उनीसँगै गाडीमा आएकाहरुको पनि ट्रेस थालिएको अर्यालको भनाई छ । संक्रमितको सम्पर्कमा आएका र सँगै यात्रा गरेका गरि हाल सम्म हामीले २२ जना भेटेका छौं उनीहरुको सोमबार स्वाव संकलन हुन्छ– प्रजिअ अर्यालले भने ।


क्याटेगोरी : स्वास्थ्य, गण्डकी प्रदेश
ट्याग : #breaking, #Corona

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार