Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रदेशगण्डकी प्रदेशनेपाली काँग्रेसका सांसद सूर्यबहादुर केसीको निधन

नेपाली काँग्रेसका सांसद सूर्यबहादुर केसीको निधन


काठमाण्डौ, १८ कात्तिक । नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य तथा सांसद सूर्यबहादुर केसीको निधन भएको छ ।

कास्कीबाट प्रतिनिधित्व गरेका सांसद केसीको गएराति निधन भएको हो । ६३ वर्षका उनलाई मधुमेह र उच्च रक्तचापको समस्या थियो । उनको आज अन्त्येष्टि गरिने आफन्तजनले बताएका छन् ।

२०७४ सालमा राप्रपाबाट नेपाली कांग्रेसमा प्रवेश गरेका केसी त्यसयता कांग्रेसमा आमन्त्रित केन्द्रीय सदस्य थिए । उनी पोखरा उपमहानगरपालिकाको तत्कालीन प्रधानपञ्चसमेत थिए । उनी सामाजिक कार्यमा पनि सक्रिय थिए । केसीका श्रीमती र तीन जना छोरा छन् ।


क्याटेगोरी : राजनीति, संसद, गण्डकी प्रदेश
ट्याग : #hot

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!