Techie IT
×
गृहपृष्ठप्रदेशबाग्मती प्रदेशराजनीतिक पृष्ठभूमी नरहेका हरि ढकालले चितवन-१ बाट एमालेका सुरेन्द्र पाण्डेलाई हराए

राजनीतिक पृष्ठभूमी नरहेका हरि ढकालले चितवन-१ बाट एमालेका सुरेन्द्र पाण्डेलाई हराए


चितवन, ८ मंसिर । चितवन–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल निर्वाचित भएका छन् । उनले एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेलाई पराजित गरेका हुन् ।

ढकालले ३४ हजार १८९ मत ल्याएका छन् । एमालेका पाण्डेले २६ हजार ६०८ मत ल्याएका छन् । ढकालले ७ हजार ५८१ मतले पाण्डेलाई पराजित गरेका हुन् ।

राजनीतिक पृष्ठभूमी नरहेका ढकाल काठमाडौंमा बालेन साह उम्मेदवार भएको समयमा साहको चुनावी अभियानमा सहभागी भएका थिए । पछि चितवन फर्केर राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार भएका थिए ।
यसअघि चितवन–१ बाट पाण्डे विजयी हुँदै आएका थिए ।

 


क्याटेगोरी : राजनीति, बाग्मती प्रदेश
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस