Techie IT
×
गृहपृष्ठप्रदेशबाग्मती प्रदेशवीर अस्पतालका १२ जना डाक्टर र नर्समा कोरोना संक्रमण, ओपीडी सेवा बन्द

वीर अस्पतालका १२ जना डाक्टर र नर्समा कोरोना संक्रमण, ओपीडी सेवा बन्द


काठमाण्डौ – काठमाण्डौमा रहेको वीर अस्पतालको ओपीडी सेवा बन्द भएको छ । अस्पातलका १२ जना डाक्टर र १२ जना नर्ससहित ७१ जनालाई कोरोना भाइरसको सङ्क्रमण भएकाले सेवा बन्द गरिएको अस्पतालका निर्देशक डाक्टर केदार सेन्चुरीले जानकारी दिए ।

उनका अनुसार सरसफाई लगायत अन्य कर्मचारीमा पनि कोरोना भाइरसको सङ्क्रमण पाइएको छ । सङ्क्रमण फैलन थाले पछि अस्पतालले विज्ञप्ति निकालेर आज र भोलि दुई दिनका लागि अस्पतालको ओपीडी सेवा बन्द गरेको जनाएको हो । तर आकस्मिक सेवा, फेभर क्लिनिक, आइसीयू, इन्डोर सेवा, पीसीआर ल्याब र प्रशासनका सेवाहरु भने खुला रहने अस्पतालले जनाएको छ ।


क्याटेगोरी : स्वास्थ्य, बाग्मती प्रदेश
ट्याग : #hot


प्रतिक्रिया दिनुहोस