Techie IT
×
गृहपृष्ठप्रदेशबाग्मती प्रदेशमाओवादीको ‘गोलाकार भित्रको हँसिया हथौडा’ लिएर चुनावमा जान बाबुराम भट्टराई सहमत

माओवादीको ‘गोलाकार भित्रको हँसिया हथौडा’ लिएर चुनावमा जान बाबुराम भट्टराई सहमत


काठमाडौँ, २९ साउन । पुष्पकमल दाहाल नेतृत्वको मा‌ओवादी केन्द्र र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबीच प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा एउटै घोषणा पत्र र एउटै चुनाव चिह्न प्रयोग गरेर जाने सहमति भएको छ ।

केही दिनदेखि जारी छलफल आइतबार जारी थियो । आइतबारको छलफल मौखिक समझदारीमा पुगिसकेको र सोमबारसम्म लिखित समझदारी बनाइने नेपाल समाजवादी पार्टीका प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेले जानकारी दिए ।

‘केही दिनदेखि जारी छलफलमा मौखिक रुपमा एउटै घोषणापत्र र एउटै चुनाव चिह्न प्रयोग गर्ने बारे सहमति भएको छ,’ पाण्डेले भने,’अब सोमबारसम्म लिखित रुपमा समझदारी गर्ने तयारी छ ।’

आइतबार पनि माओवादी अध्यक्ष पुप्षकमल दाहालको निवासमा भट्टराई र समाजवादीका अर्का अध्यक्ष महेन्द्रराय यादवसहितका नेताहरुले छलफल गरेका थिए । एउटै चुनाव चिह्न माओवादीले प्रयोग गर्दै आएको ‘गोलाकारभित्रको हँसिया हथौडा’ हुनेछ ।

निर्वाचन आयोगबाट मान्यता पाएको भट्टराई नेतृत्वको नेपाल समाजवादी पाटीको चुनाव चिह्न भने आँखा छ  । सहमतिबारे दुवै दलले आ-आफ्नो दलमा छलफल गर्ने र औपचारिकता दिनेछन् । त्यसपछि उनीहरु निर्वाचन आयोगमा दल दर्ताका लागि जानेछन् ।


क्याटेगोरी : राजनीति, बाग्मती प्रदेश
ट्याग : #baburam bhattarai, #breaking, #hot


तपाईको प्रतिक्रिया दिनुहोस