Techie IT
×
गृहपृष्ठप्रदेशबाग्मती प्रदेशकांग्रेसले आफूले गरेका राम्रा कामको प्रचार गर्नै सकेन : प्रकाशमान सिंह

कांग्रेसले आफूले गरेका राम्रा कामको प्रचार गर्नै सकेन : प्रकाशमान सिंह


काठमाडौं, २९ साउन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफ्नो पार्टीले गरेका काम पनि प्रचार गर्ने नसकेको दाबी गरेका छन्।

आइतबार बिहान नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं १ को प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले कांग्रेसले धेरैवटा परिवर्तनको नेतृत्व गरेको दाबी गरे।

उनले भने, ‘यतिका परिवर्तनको नेतृत्व गरेको पार्टी जसका विषयमा जनताले अनुभूति गराउनेगरी छलफल चलाउन पर्छ।’राजनीतिक परिवर्तन भइसकेको उल्लेख गर्दै उनले अब नागरिकले अनुभूत गर्ने गरी आर्थिक समृद्धिमा केन्द्रित हुनुपर्ने नेता सिंहले बताए।

कांग्रेसले अब आर्थिक सम्पन्नताको अभियानको एजेन्डा लिएर जनतामाझ जाने उनले बताए। फरक प्रसंगमा नेता सिंहले परमादेशको सरकार भनेर जनादेशको अपमान गर्ने काम भइरहेको टिप्पणी गरे।

एमाले अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक प्रतिनिधि सभा विघटन गरेपछि परेको मुद्दामा सर्वोच्च अदालतले उक्त निर्णय बदर गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठनका लागि परमादेश जारी गरेको थियो।


क्याटेगोरी : राजनीति, बाग्मती प्रदेश
ट्याग : #congress, #hot, #prakashman singh


तपाईको प्रतिक्रिया दिनुहोस