Techie IT
×
गृहपृष्ठप्रदेशबाग्मती प्रदेशएमाले अब २० वर्षसम्म शासनमा फर्कन सक्दैन : महेन्द्र यादव

एमाले अब २० वर्षसम्म शासनमा फर्कन सक्दैन : महेन्द्र यादव


काठमाडौं, २६ साउन । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले एमाले अब २० वर्षसम्म शासनमा फर्कन नसक्ने जिकिर गरेका छन् । एमालेले राष्ट्रवादको नाममा जनता ठग्ने काम गरेको उनको भनाइ छ ।

बिहीबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा उनले नागरिकतासम्बन्धी विधेयक संसद्का दुवै सदनबाट पारित भइसकेको र प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पुगेको भन्दै तत्काल प्रमाणीकरण गर्न आग्रह गरे । यादवले वर्तमान सरकारले एक वर्षको छोटो अवधिमा यसअघिको सरकारले तीन वर्षसम्म गर्न नसकेको काम गरेको जिकिर पनि गरे ।

साक्षात्कारमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का नेता खगराज अधिकारीले आसन्न निर्वाचनमा सत्ता गठबन्धनमा आबद्ध दलहरू एक्लाएक्लै लडे आफ्नो पार्टीले एक्लै दुईतिहाइ बहुमत ल्याउने बताए । उनले अहिलेको पाँचदलीय गठबन्धनलाई ‘वित्तीय गठबन्धन’को संज्ञा पनि दिए ।

वर्तमान सरकारका कारण परराष्ट्र नीतिमा गम्भीर चुनौती खडा भएको, सार्कलाई ‘रिभाइभ’ गर्न नसकेकोलगायत आरोप लगाउँदै उनले सबै विषयमा राष्ट्रिय सहमति कायम गरेर जानुपर्नेमा जोड दिए । राष्ट्रपति विद्यादेवी भण्डारीले समयभित्रै नागरिकतासम्बन्धी विधेयकका बारेमा आफ्नो निर्णय लिने पनि उनले बताए ।

 


क्याटेगोरी : राजनीति, बाग्मती प्रदेश
ट्याग : #breaking, #mahendra yadav


तपाईको प्रतिक्रिया दिनुहोस