Techie IT
×
गृहपृष्ठप्रदेशबाग्मती प्रदेशबालाजुको जुत्ता कारखानामा आगलागी

बालाजुको जुत्ता कारखानामा आगलागी


काठमाडौं, २५ साउन । काठमाडौंको बालाजु बाइपासस्थित एक कारखानामा आगलागी भएको छ।

बुधबार करिब पौने १२ बजे जुत्ता कारखानामा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

उनका अनुसार अहिले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ। काठमाडौं महानगरको एउटा दमकल त्यहाँ पुगिसकेको छ। अर्को ललितपुरको पनि दमकल त्यहाँ जाँदै छ।

आगो कसरी लागेको हो भन्ने खुलिसकेको छैन।


क्याटेगोरी : बाग्मती प्रदेश
ट्याग : #balaju, #fire, #hot


तपाईको प्रतिक्रिया दिनुहोस