Techie IT
×
गृहपृष्ठप्रदेशबाग्मती प्रदेशमाओवादी केन्दीय समिति बैठकले पदाधिकारी चयन गर्नु आवश्यक : लेखनाथ दाहाल

माओवादी केन्दीय समिति बैठकले पदाधिकारी चयन गर्नु आवश्यक : लेखनाथ दाहाल


काठमाण्डौ, १९ असार । काठमाडौंको प्रज्ञा भनमा नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक जारी छ । बैठक आउँदो मङ्गलवारसम्म चल्ने माओवादी केन्द्रले जनाएको छ ।

महाधिवेशनदेखि नै रिक्त रहेको पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरो गठन गर्ने कार्यसूची अध्यक्ष प्रचण्डले पेस गरेसँगै सबै समिति बन्नेमा बैठकमा सहभागी हुन आएका नेताहरू आशावादी देखिएका छन् । अर्कोतर्फ एजेन्डामा राखेर अन्तिममा निर्णय नहुने हो कि भन्ने आशङ्का पनि नेताहरूले गरेका छन् ।

‘यो पटक हाम्रो केन्द्रीय समितिको बैठकले कार्यसूचीअनुसार नै सबै निर्णय गर्नेछ । पोलिटब्युरो, स्थायी समिति र सङ्गठनात्मक संरचनाको बारेमा नयाँ निर्णय लिनुपर्ने आवश्यकता महसुस भइसकेको छ । अब चयन गरेरै निस्किने कुरा चाहिँ हाम्रो पार्टीको सङ्कल्प हो । पार्टीलाई बलियो बनाउन, व्यवस्थित ढङ्गले सञ्चालन गर्न र आउँदो चुनावको तयारी गर्न पनि सङ्गठनात्मक संरचनामा केही हेरफेर गर्नुपर्ने र नेतृत्वको कार्यविभाजन गर्नुपर्ने केन्द्रीय समितिका सबै सदस्यको माग छ ।’

बैठकस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै केन्द्रीय सदस्य लेखनाथ दाहालले यस पटक पार्टीको सबै समिति बन्नुपर्नेमा केन्द्रीय सदस्यहरू एकमत भएको बताए । उनले पार्टीको सङ्गठनात्मक संरचना चुस्त, दुरुस्त नबनाइकन पार्टीलाई व्यवस्थित ढङ्गले सञ्चालन गर्न नसकिने भएकाले पदाधिकारीलगायतका समिति चयन गर्नु आवश्यक रहेको बताए ।

उनले भने, ‘यो पटक हाम्रो केन्द्रीय समितिको बैठकले कार्यसूचीअनुसार नै सबै निर्णय गर्नेछ । पोलिटब्युरो, स्थायी समिति र सङ्गठनात्मक संरचनाको बारेमा नयाँ निर्णय लिनुपर्ने आवश्यकता महसुस भइसकेको छ । अब चयन गरेरै निस्किने कुरा चाहिँ हाम्रो पार्टीको सङ्कल्प हो । पार्टीलाई बलियो बनाउन, व्यवस्थित ढङ्गले सञ्चालन गर्न र आउँदो चुनावको तयारी गर्न पनि सङ्गठनात्मक संरचनामा केही हेरफेर गर्नुपर्ने र नेतृत्वको कार्यविभाजन गर्नुपर्ने केन्द्रीय समितिका सबै सदस्यको माग छ ।’

(यसअघि तस्बिर र शिर्षक फरक पर्न गएकोमा सच्याइएको छ-सम्पादक)


क्याटेगोरी : राजनीति, बाग्मती प्रदेश
ट्याग : #breaking, #lekhanath, #maobadi


तपाईको प्रतिक्रिया दिनुहोस