काठमाडौं, १९ असार । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठक काठमाडौंमा सुरु भएको छ। प्रज्ञा भवन, कमलादीमा सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नौ वटा एजेन्डा प्रस्तुत गरेका छन्।
बैठकको पहिलो एजेन्डामा शहीदहरुप्रति श्रद्धान्जली, दोस्रो केन्द्रीय समितिका नयाँ सदस्यको सपथ, तेस्रो बैठक सञ्चालन प्रक्रियाबारे अध्यक्षबाट जानकारी रहेका छन्।
बैठकमा अध्यक्ष प्रचण्डबाट वर्तमान परिस्थितिबारे सम्बोधन गर्नेछन्। यस्तै, संगठनात्मक विशेष एजेन्डा पनि राखिएको छ। यो एजेन्डामा पार्टी पदाधिकारी, स्थायी कमिटी, पोलिटब्युरो गठनलाई राखिएको छ।
त्यस्तै, बैठकमा प्रदेशका तर्फबाट प्रदेश अध्यक्षहरुले रिपोर्टिङ गर्ने छन्। उनीहरुका लागि १० मिनेट समय निर्धारण गरिएको छ। मधेश प्रदेशको हकमा इञ्चार्जले रिपोर्टिङ गर्ने छन्।
यसैगरी, बैठकमा अध्यक्ष प्रचण्डबाट वर्तमान परिस्थितिबारे सम्बोधन गर्नेछन्। यस्तै, संगठनात्मक विशेष एजेन्डा पनि राखिएको छ। यो एजेन्डामा पार्टी पदाधिकारी, स्थायी कमिटी, पोलिटब्युरो गठनलाई राखिएको छ।
बैठकले स्थानीय निर्वाचनको समीक्षा र आगामी प्रदेश र संघको निर्वाचनबारे तयारीसमेत एजेन्डामा राखिएको छ। नऔँ एजेन्डाको रुपमा विविधलाई राखिएको अध्यक्ष प्रचण्डले जानकारी दिएका छन्।

क्याटेगोरी :
राजनीति,
बाग्मती प्रदेश
ट्याग : #breaking,
#maobadi,
#prachanda