Techie IT
×
गृहपृष्ठप्रदेशबाग्मती प्रदेशगठनबन्धनका कारण चुनाव जितिन्छ भनेर ढुक्कले बस्दा तेस्रो भइयो : प्रचण्ड

गठनबन्धनका कारण चुनाव जितिन्छ भनेर ढुक्कले बस्दा तेस्रो भइयो : प्रचण्ड


ललितपुर, ९ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठनबन्धनका कारण चुनाव जितिन्छ भनेर ढुक्कले बस्दा पालिका चुनावमा तेस्रो हुनुपरेको बताएका छन् ।

जनप्रतिनिधिका लागि ललितपुरमा आज बिहीवार भएको प्रशिक्षण कार्यक्रममा प्रचण्डले गठबन्धन भएपछि जितिन्छ भनेर नेता/कार्यकर्ताले मेहनत नगर्दा तेस्रो स्थानमा खुम्चिनुपरेको बताएका हुन् । ‘गठबन्धन भइहाल्छ भनेर रिल्याक्स गर्दा पनि धेरै स्थानीय तहमा चुनाव हारियो, पहिले जितेकामध्ये ५० प्रतिशत पालिका गुमाएका छौँ, अब हुने चुनावमा त्यस्तो गल्ती गर्न हुँदैन’, प्रचण्डले भने ।

उनले आउँदो प्रदेश र सङ्घको चुनावमा कम्युनिस्ट पार्टीभित्रको पहिलो शक्ति हुने दाबी गर्दै नेता/कार्यकर्तालाई अहिलेदेखि नै चुनावको तयारीमा लाग्न निर्देशन दिए । नागरिकको घरदैलामा गएर अहिलेसम्मका उपलब्धि माओवादीकै कारण आएको बुझाउन निर्देशन दिँदै प्रचण्डले प्रचारप्रसार र सङ्गठन सृदृढीकरणमा लाग्न आग्रह गरे ।

प्रचण्डले पालिका चुनावमा हार्नुको कारण लोकप्रिय उम्मेदवार नहुनु बताउँदै अब भने सही उम्मेदवार चयन गरेर सङ्घ र प्रदेशको चुनावमा जानुपर्ने बताए ।


क्याटेगोरी : राजनीति, बाग्मती प्रदेश
ट्याग : #breaking, #prachanda


तपाईको प्रतिक्रिया दिनुहोस