Techie IT
×
गृहपृष्ठप्रदेशबाग्मती प्रदेशबालिका बलात्कार गर्नेलाई मृत्युदण्ड दिन माओवादी सांसद पूर्णाकुमारी सुवेदीको माग

बालिका बलात्कार गर्नेलाई मृत्युदण्ड दिन माओवादी सांसद पूर्णाकुमारी सुवेदीको माग


काठमाडौं, ८ असार । नेकपा (माओवादी केन्द्र) की सांसद पूर्णाकुमारी सुवेदीले १० वर्षभन्दा कम उमेरको बालिकालाई बलात्कार गर्नेलाई मृत्युदण्ड दिइनुपर्ने माग गरेकी छिन् ।

बुधबार प्रतिनिधि सभा अन्र्तगतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले त्यसो गर्न नसकेको खण्डमा सजाय र जरिवानालाई निकै कडा बनाउनुपर्ने बताइन्।

उनले कानून बनाएपनि कार्यान्वयन फितलो हुने गरेको उल्लेख गर्दै कानून कार्यान्वयन हुनुपर्नेमा जोड दिइन्। उनले भनिन्, ‘कानून बनाउँछौ, कार्यान्वयन फितलो हुने गरेको छ। दश वर्षभन्दा तलको बालिकाको हकमा बालिकाहरुलाई जर्बजस्ती बलात्कार गर्नेहरुलाई त मृत्युदण्ड दिनुपर्छ। मेरो व्यक्तिगत विचार। यो विषयमा कडा भन्दा कडा कानून हुनुपर्छ। कैद र जरिवाना दुवै राख्नुपर्छ। कडाभन्दा कडा सजाय र जरिवाना गरेर नै जानुपर्छ।’

 


क्याटेगोरी : राजनीति, संसद, बाग्मती प्रदेश
ट्याग : #breaking, #purna subedi


तपाईको प्रतिक्रिया दिनुहोस