Techie IT
×
गृहपृष्ठप्रदेशबाग्मती प्रदेशप्रधानमन्त्री संसदीय समितिको बैठकमा उपस्थित नहुनु खेदजनक, एटिच्यूट ठीक भएन : ईश्वर पोखरेल

प्रधानमन्त्री संसदीय समितिको बैठकमा उपस्थित नहुनु खेदजनक, एटिच्यूट ठीक भएन : ईश्वर पोखरेल


काठमाडौं, ५ असार । नेकपा एमालेका उपाध्यक्ष ईश्वर पोखरेलले प्रधानमन्त्री संसदीय समितिको बैठकमा उपस्थित नहुनु खेदजनक रहेको बताएका छन्।

अमेरिकन सहयोग स्टेट पार्टनरसिप प्रोगाम ९एसपीपी०का बारेमा जवाफ दिन प्रधानमन्त्री शेरबहादुर देउवा बैठकमा नआएपछि रूष्ट भएका नेता पोखरेलले आउँछु भनेर बचन दिइसकेको प्रधानमन्त्रीले यसरी बैठकमा उपस्थित नहुनू खदजनक रहेको प्रतिक्रिया दिए।

‘प्रधानमन्त्रीले आउने वचन दिएको भनेर म खुसी भए तर उहाँ नआउनु विषयवस्तुको आधारमा खेदजनक छ’, उनले भने,‘अन्य मन्त्रीलाई पठाएको भए पनि हुन्थ्यो तर एकाएक नआउनु गलत हो, यो एटिच्यूट ठीक भएन।’

उनले कसैको हार जितको कुरा नगरी सत्यतथ्य हेर्नुपर्ने जिकिर गरे। ‘हामी कसैको जीत हारको कुरा नगरौं, हामी तारिकमा अलमलिने होइन। सत्यतथ्य हेर्नुपर्छ’, उनले भने।

पूर्व रक्षामन्त्रीसमेत रहेका पोखरेलले फेरि पनि बैठकमा प्रधानमन्त्रीलाई बोलाउनुपर्ने बताए।
‘फेरि पनि प्रधानमन्त्रीलाई आमन्त्रण गर्नुपर्छ। हामिले त प्रधानमन्त्री र प्रधानमन्त्री जाने भन्ने मात्र सुनेका हौ। हामी विखलबन्धमा पर्‍यौ’, उनले भने।


क्याटेगोरी : राजनीति, संसद, बाग्मती प्रदेश
ट्याग : #breaking, #ishwor pokharel


तपाईको प्रतिक्रिया दिनुहोस