Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रदेशचीनको केरुङ ताल फुट्ने जोखिम कायमै, सचेत रहन आग्रह

चीनको केरुङ ताल फुट्ने जोखिम कायमै, सचेत रहन आग्रह


सिन्धुपाल्चोक, १८ साउन । छिमेकी मुलुक चीनमा रहेको न्यालमा जिल्लाको केरुङ च्छो ताल फुट्ने जोखिम कायमै रहेकाले सचेत रहन जिल्ला प्रशासन कार्यालयलाई जानकारी आएकोे छ । ताल फुटेमा भोटेकोशी तटिय क्षेत्रमा क्षति पुर्याउनसक्ने भएकाले सचेत रहन आग्रह गरिएको छ ।

तिब्बत् क्षेत्रमा निरन्तरको वर्षाका कारणले ताल फुट्ने सम्भावना बढेर गएको हो । शनिबार राति पनि भोटेकोशी नदीको बहाव बढेकोे प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । “शनिबार पनि भोटेकोशीको बहाव बढेको थियो, तर ताल फुटेको हल्ला मात्रै हो, जोखिम उत्तिकै छ”, उनले भने, “त्यसैले भोटेकोशी तटिय क्षेत्रका बासिन्दालाई हामीले सुरक्षित रहन आग्रह गरेको छौँ ।”

तातोपानीलगायत सबै पोष्टका प्रहरीलाई नदीको पानीको बहाव निगरानी गर्न निर्देशन दिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यसअघि पनि न्यालम क्षेत्रमा अत्याधिक वर्षापछि ताल फुट्नसक्ने जानकारी आएको थियो । भोटेकोशी तटीय क्षेत्रमा जोखिमपूर्व सूचना प्रणाली राख्न माग भइरहेको छ । सूचना प्रणाली राख्नका लागि जिल्ला प्रशासनले परराष्ट्र मन्त्रालयलाई यसअघि नै पत्र काटिसकेको छ ।


क्याटेगोरी : प्रदेश, बाग्मती प्रदेश
ट्याग : #hot

तपाईको प्रतिक्रिया दिनुहोस