Techie IT
×
गृहपृष्ठप्रदेशबाग्मती प्रदेशप्रचण्डकी पत्नी सीता दाहाललाई कोरोना संक्रमण

प्रचण्डकी पत्नी सीता दाहाललाई कोरोना संक्रमण


काठमाडौं, ९ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई कोरोना संक्रमण भएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई नेपाल मेडिसिटी अस्पताल नख्खुमा भर्ना गरिएको छ । दाहाललाई शनिबार राति अस्पताल लगिएको हो । दाहालमा निमोनियाको लक्षण पनि देखिएको छ । उनी लामो समयदेखि अस्वस्थ छिन् ।

यसअघि प्रचण्डलाई पनि संक्रमण भएको थियो । उनी संक्रमणमुक्त भइसकेका छन् ।


क्याटेगोरी : बाग्मती प्रदेश
ट्याग : #Corona, #hot, #prachanda, #sita dahal


तपाईको प्रतिक्रिया दिनुहोस