Techie IT
×
गृहपृष्ठप्रदेशबाग्मती प्रदेशस्वयम्भूमा बस पल्टिँदा एकको मृत्यु

स्वयम्भूमा बस पल्टिँदा एकको मृत्यु


काठमाण्डौ, १६ साउन । काठमाण्डौको स्वयम्भूमा बस पल्टिँदा एक जनाको ज्यान गएको छ ।

स्वयम्भूबाट वनस्थलीका लागि छुटेको बा ४ ख ५९८४ नम्बरको बस पल्टिँदा अन्दाजी २२ वर्षका युवकको ज्यान गएको प्रहरीले जनाएको छ । राति भएको दुर्घटनामा ज्यान गुमाएका युवकको परिचय खुलेको छैन ।

ज्यान गुमाएका युवक बसभित्र थिए वा पैदल यात्रु हुन् भन्ने बारेमा पनि खुलेको छैन । दुर्घटनाबारे बिहान मात्रै थाहा पाएपछि पुगेको प्रहरीको टोलीले अनुसन्धान थालेको छ ।


क्याटेगोरी : बाग्मती प्रदेश
ट्याग : #hot

प्रतिक्रिया दिनुहोस