Techie IT
×
गृहपृष्ठप्रदेशबाग्मती प्रदेशबाढीपीडितको अवस्था बुझुन प्रम ओली मेलम्चीमा

बाढीपीडितको अवस्था बुझुन प्रम ओली मेलम्चीमा


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मेलम्चीमा आएको बाढीबाट पीडित भएकाहरूको अवस्था बुझुन सिन्धुपाल्चोक पुगेका छन् । भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङसहित उनी केहीबेर अघि सिन्धुपाल्चोक प्रस्थान गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बाढीपीडितको पछिल्लो अवस्था बुझेर उनीहरूको पुनःस्थापनका सम्बन्धमा आवश्यक रणनीति बनाउनका लागि ओली स्थलगत अवलोकनमा गएका हुन् । यसअघि सरकारले बाढीबाट घरबार गुमाएकाहरूलाई ५० हजार अनुदान दिने निर्णय गरिसकेको छ ।


क्याटेगोरी : बाग्मती प्रदेश
ट्याग : #hot, #kp oli

तपाईको प्रतिक्रिया दिनुहोस