मेलम्चीका बाढीपिडितलाई नायीका पुजाले गरिन् राहत वितरण

काठमाडौं, ६ असार । नायिका पुजा शर्माले बाढी पीडित सिन्धुपाल्चोकबासीलाई राहत वितरण गरेकी छिन् । पुजा आफैँ जन्मेको सिन्धुपालल्चोक जिल्लाको मेलम्ची पुगेर बाढी पीडितको लागि शुक्रबार राहत वितरण गरेकी हुन् । बिहीबार आँचल शर्मा दम्पती र उनका टिमले पनि मेलम्चीमै पुगेर राहत वितरण गरेको थियो ।
पुजाले बाढी पीडित सिन्धुपाल्चोकबासीहरुको सहयोग गर्न सामाजिक सञ्जालमार्फत अपिल गरेकी थिइन् । उनले चामल, दाल, नुन लगायतका सामाग्री बाढी पीडितलाई आफैले हस्तान्तरण गरेकी हुन् ।
क्याटेगोरी : साहित्य, बाग्मती प्रदेश
ट्याग : #puja
प्रतिक्रिया