Techie IT
  • २२ जेठ २०८०, सोमबार
Jhilko

मेलम्ची बाढीमा हराएका चिनियाँ र भारतीय नागरिकमध्ये तीन जनाको शव फेला


काठमाडौं, ३ असार । सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुमा मंगलबार रातिदेखि आएको बाढीमा परी हराइरहेका चिनियाँ र भारतीय नागरिकमध्ये तीन जनाको शव फेला परेको छ ।

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले दुई चिनियाँ र एक भारतीय नागरिकको शव फेला परेको जनाएको छ ।

चिनियाँ नागरिक गोङ टियान छियो, यु।चि।झ र भारतीय नागरिक कमल लोचनको शव फेला परेको हो । गोङ टियान छियाको शव सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–११ बदेरीस्थित इन्द्रवती खोलाको किनारमा र युचि।झको शव सिन्धुलीको सुनकोशी गाउँपालिका–५ मुलकोटस्थित सुनकोशी नदीको किनारमा भेटिएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । त्यस्तै लोचन महतोको शव सिन्धुलीको सुनकोशी गाउँपालिका–७ कानढुङ्गीस्थित सुनकोशी नदीको किनारमा फेला परेको हो ।

त्यस्तै बाढीले बगाएर अझै १७ जना वेपत्ता रहेका छन् । जसमध्ये दुई भारतीय विजय बासुमन्तरी, जिनडाओ बासुमन्तरी र एक चिनियाँ सन यु चुवान अझै वेपत्ता रहेका छ ।


क्याटेगोरी : बाग्मती प्रदेश
ट्याग : #bold photoshoot, #hot

प्रतिक्रिया


ताजा अपडेट