Techie IT
×
गृहपृष्ठप्रदेशबाग्मती प्रदेशदोलखामा खुल्यो रासस कार्यालय

दोलखामा खुल्यो रासस कार्यालय


दोलखा, २३ चैत २३ गते ।राष्ट्रिय समाचार समिति (रासस) को नवस्थापित दोलखा सम्पर्क कार्यालय आजबाट सञ्चालनमा आएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले उक्त कार्यालयको आज बिहान अवलोकन गर्दै कार्यालय खोलेकाप्रति खुशी व्यक्त गरे ।

उनले दोलखा प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाको प्रचुरता भएको जिल्ला भएकाले यस कार्यालयबाट यहाँका तमाम सामाजिक, आर्थिक, सांस्कृतिक गतिविधिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म पु¥याउन मुख्य भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

मन्त्री गुरुङले आफ्नो हैसियतबाट राससलाई स्रोत साधन उपलब्ध गराउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउँदै राससले समाज र मुलुकको सेवा गर्ने विश्वास व्यक्त गरे । सो अवसरमा राससका अध्यक्ष हरिहर अधिकारी (श्यामल) र महाप्रबन्धक ओपेन्द्र शर्माले मन्त्री गुरुङलाई कार्यालयमा स्वागत गरेका थिए ।

सो अवसरमा अध्यक्ष अधिकारीले उक्त कार्यालयलाई अब स्थानीय स्वामित्वको महत्वपूर्ण निकायका रुपमा स्थापित तथा विकास गर्न रासस सक्षम हुने भनाइ राखे । महाप्रबन्धक शर्माले मन्त्रालय र भीमेश्वर नगरपालिका तथा जिल्ला समन्वय समितिको सहयोगका लागि आग्रह गरे । उक्त सम्पर्क कार्यालयको प्रमुख प्रभु जिरेल रहेका छन् ।


क्याटेगोरी : समाचार, बाग्मती प्रदेश


तपाईको प्रतिक्रिया दिनुहोस


जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)