Techie IT
×
गृहपृष्ठप्रदेशबाग्मती प्रदेशकाठमाडौंको टोखामा दम्पत्ति हत्याको रहस्य खुल्यो

काठमाडौंको टोखामा दम्पत्ति हत्याको रहस्य खुल्यो


काठमाडौं, २७ पौष । टोखामा दम्पत्ति हत्याको रहस्य खुलेको छ । प्रहरीले पोष्टमार्टम रिपोर्टसहित प्रारम्भिक अनुसन्धानबाट सुदिक्षा गिरीले पति उमेश केसीको हत्यापछि आफूले आत्महत्या गरेको निष्कर्ष निकालेको हो ।

प्रहरीले गिरीले सिलौटाले हान्दा पतिको मृत्यु भएपछि १२ घन्टापछि आत्महत्या गरेको अनुसन्धानबाट पत्ता लागेको जनाएको छ । पोष्टमार्टम रिपोर्टले उमेशको हत्या बिहिबार साँझ नै गरेको र सदीक्षाले शुक्रबार विहान आत्महत्या गरेको देखाएको प्रहरी स्रोतले बताएको छ । पतिको हत्यापछि सदीक्षा तनावमा परेर आत्महत्या गरेको हुनसक्ने अनुसन्धानले देखाएको छ ।

ग्रिन भिल्ला कोलोनीमा बस्दै आएका उमेश र सदीक्षाबीच ६ वर्ष अघि प्रेम विवाह भएको थियो । तर, उमेशको परिवारले सदीक्षासँगको विवाह रुचाएका थिएनन् । ससुराली परिवारसँग नजिकको सम्बन्ध बनाएर व्यवहार गर्दै आएका उमेश अमेरिका बस्दै आएका थिए । उनी दशैंमा घर आएका थिए ।

पति अमेरिका र पत्नी नेपालमै बसेपछि विवाद बढ्दै गएको थियो । सदिक्षा उमेशसँगै अमेरिका जान चाहेको बुझिएको छ । यसपटकको दशैंमा उमेश आएका थिए । सदिक्षा पनि उनीसँगै जान चाहेकी थिइन् । यही विषयले दुवैबीच विवाद थियो ।


क्याटेगोरी : बाग्मती प्रदेश
ट्याग : #hot, #tokha murder


तपाईको प्रतिक्रिया दिनुहोस