Techie IT
×
गृहपृष्ठप्रदेशबाग्मती प्रदेशओलीको असंवैधानिक कदमलाई साथ दिन ‘साइबर सेना आउँदैछ’ भन्दै महेश बस्नेतको नेतृत्वमा ‘धोती जुलुस’

ओलीको असंवैधानिक कदमलाई साथ दिन ‘साइबर सेना आउँदैछ’ भन्दै महेश बस्नेतको नेतृत्वमा ‘धोती जुलुस’


काठमाडौं, २५ पुस, । नेकपा ओली समूहका नेता महेश बस्नेतको नेतृत्वमा राजधानीमा ‘धोती जुलुस’ निकालिएको छ

युवा संघ नेपालको आफ्नो पक्षको बृहत भेला आयोजना गरेको ओली समूहले बानेश्वरदेखि कमलादीसम्म पैदल तथा मोटरसाइकल र्‍याली निकालिएको हो ।

सो र्यालीलाई ‘धोती जुलुसको नाम दिइएको छ । जुलुसमा सहभागी केहीले धोती कुर्था लगाएर ‘धोती, कुर्ता, गम्छा मधेसीके शान बा, केपी ओली हमनी सबके जान बा’ लेखिएको ब्यानर बोकेका थिए । ‘धोती जुलुस’ नाम दिईएको सो जुलुसमा बस्नेतले भने कोट पाइन्ट लगाएका थिए ।

र्यालीमा सहभागीहरुले ‘अगाडि बढ केपी बा, ज्यान दिन तयार छौं’, ‘साइबर सेना आउँदैछ’ जस्ता नारा लगाएका थिए ।

 

 


क्याटेगोरी : बाग्मती प्रदेश
ट्याग : #breaking, #dhoti julus, #hot, #mahesh basnet


तपाईको प्रतिक्रिया दिनुहोस