Techie IT
×
गृहपृष्ठप्रदेशबाग्मती प्रदेशडेढ करोड रुपैयाँसहित थानकोटबाट दुई जना पक्राउ

डेढ करोड रुपैयाँसहित थानकोटबाट दुई जना पक्राउ


काठमाण्डौ, २० पुस । स्रोत नखुलेको झण्डै डेढ करोड रुपैयाँसहित काठमाण्डौको थानकोटबाट दुई जना पक्राउ परेका छन् ।

कपिलवस्तुबाट काठमाण्डौ आइरहेको प्रदेश ३ २३ च २२५९ नम्बरको कार जाँच गर्दा स्रोत नखुलेको एक करोड ४७ लाख ८६ हजार रुपैयाँसहित भारतको गोरखपुर घर बताउने अमित गुप्ता र कार चालक कपिलवस्तुको वाणगङ्गाका सङ्गम थारुलाई पक्राउ गरिएको महानगरीय प्रहरी प्रभाव नागढुङ्गाले जनाएको छ ।

उनीहरूले कारको डिक्कीमा टायरमुनि तथा कारको विभिन्न भागमा लुकाइछिपाइ तीन वटा झोलामा पैसा राखेको प्रहरीले जनाएको छ । भारतबाट भारतीय रूपैयाँ ल्याएर नेपालको सीमा क्षेत्रमा पटक–पटक गरी नेपाली रुपैयाँमा सटही गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुई जनालाई अनुसन्धान तथा कारबाहीका लागि सम्पत्ति शुद्धीकरण विभाग पठाइएको पनि प्रहरीले जनाएको छ ।


क्याटेगोरी : बाग्मती प्रदेश
ट्याग : #hot, #money, #pakrau, #thankot


तपाईको प्रतिक्रिया दिनुहोस