Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठअर्थबजारमा चिनीको भाउ अस्वभाविक बृद्धि

बजारमा चिनीको भाउ अस्वभाविक बृद्धि


काठमाण्डौं, ७ मंसिर । बजारमा चिनीको भाउ अस्वभाविक बढेको उपभोक्ताले गुनासो गरेका छन् ।

केही दिन अघिसम्म किलोको ८० देखि ८५ रुपैयाँमा चिनी खरिद गर्ने गरेका उपभोक्ताले अहिले किलोको १ सय रुपैयाँसम्म तिर्नुपरेको गुनासो गरेका छन् । बजारमा चिनीको अभाव नहुँदा पनि व्यापारीले आफूखुसी चिनीको भाउ बढाउँदा उपभोक्ता समस्यामा परेका छन् ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले तत्काल बजार अनुगमन गर्ने बताएका छन् । अहिले चिनीको मूल्य बढ्नु अस्वभाविक भएको उनको भनाइ छ । तराईमा उखु भित्र्याउने सिजन सुरु भइसकेकाले उत्पादन बढ्नासाथ चिनीको मूल्य घट्नुपर्ने उनले बताए ।

चिनीको भाउ बढ्नुपर्ने कुनै कारण नहुँदा पनि व्यापारीले भाउ बढाएको भए तत्काल बजार अनुगमन गरेर कारबाही गर्ने सुवेदीले बताए । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले उपभोक्ताको गुनासो सुन्न सार्वजनिक गरेको एप लकडाउनको समयमा बिग्रिएकाले पनि उपभोक्ताबाट धेरै गुनासो संकलन गर्न नपाएको उनको भनाइ छ ।

अहिले भने यो एप सञ्चालनमा आइसकेको छ । उपभोक्ताले आफ्नो मोबाइलबाटै गुनासो गर्ने गरी एपको प्रयोग गर्न सक्ने विभागले जनाएको छ । तर त्यसको लागि मोबाइलमा एप डाउनलोड गर्ने अथवा एसएमएस पनि गर्न सकिनेछ ।

गुनासोको आधारमा वास्तविकता बुझेर विभागले कारबाही गर्ने प्रकृया अगाडि बढाउने उनले बताए । पछिल्लो समय विभागमा ११ सयभन्दा धेरै उपभोक्ताले ठगिएको उजुरी गरेका छन् ।


क्याटेगोरी : अर्थ, बाग्मती प्रदेश
ट्याग : #sugar

तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!