Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रदेशबाग्मती प्रदेशचितवनमा ओली पक्षका कार्यकर्ताले सुरेन्द्र पाण्डे सहभागी कार्यक्रम बिथोले

चितवनमा ओली पक्षका कार्यकर्ताले सुरेन्द्र पाण्डे सहभागी कार्यक्रम बिथोले


चितवन, ६ मंसिर । चितवनमा नेकपाका स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे सहभागी कार्यक्रममा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली पक्षका कार्यकर्ताले नारावाजी र होहल्ला गरेका छन् ।

राप्ती नगरपालिकाको वीरेन्द्रनगरमा शनिबार आयोजना गरिएको अगुवा कार्यकर्ता भेलामा पाण्डे सहभागी भएका थिए ।
उनले ‘मदन भण्डारी फाउण्डेसनमार्फत गुटबन्दी भएको बताएपछि युवा संघका केदार आचार्य र अनेरास्ववियूका सुरज थपलिया लगायतले नारावाजी गरेका थिए । पार्टीको कार्यक्रममा गुटबन्दी गर्दै हिँडे चितवनमा उनलाई कुनै पनि कार्यक्रममा बोल्न नदिने आचार्यले चेतावनी दिए ।

नारावाजीका कारण केहीवेर कार्यक्रम अवरुद्ध भएको थियो । नेकपा राप्ती नगर कमिटीका अध्यक्ष इमानसिंह लामाले भने केही साथीहरुले कार्यक्रममा आएर उछ्रिंखलता देखाएको बताए ।


क्याटेगोरी : बाग्मती प्रदेश
ट्याग : #breaking, #nekapa, #surendra pandey

तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!