Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रदेशबाग्मती प्रदेशकोरोना संक्रमणका कारण काभ्रेमा दुई जनाको मृत्यु

कोरोना संक्रमणका कारण काभ्रेमा दुई जनाको मृत्यु


बनेपा, १३ कात्तिक । कोरोना संक्रमणका कारण काभ्रेका दुई जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले कोरोना संक्रमणका कारण काभ्रेका एक महिला र एक पुरुषको मृत्यु भएको जनाएको छ ।

कार्यालयले काभ्रेको धुलिखेलकी ७० वर्षीया महिलाको होम आइसोलेसनमा र धुलिखेल घर भई भक्तपुर बस्दै आएका ५५ वषीय पुरुषको उपचारको क्रममा काठमाडौँमा मृत्यु भएको जनाएको छ ।

कार्यालयले ७० वषीया महिलामा आईतबार कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । उनमा मधुमेहको समेत समस्या थियो । उनको बिहीबार बिहान घरमा नै मृत्यु भएको हो । यस्तै ५५ वषीय पुरुषको कोरोना अस्पताल बूढानीलकण्ठमा बिहीबार मृत्यु भएको हो । उनमा निमोनिया र मधुमेहको समस्या थियो । उनमा कात्तिक ४ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोनाबाट काभ्रेका १९ जनाको मृत्यु भएको छ । जसमा ११ पुरुष र आठ महिला छन् ।

स्वास्थ्य कार्यालय काभ्रेले बिहिबार काभ्रेका थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । कार्यालयका अनुसार जिल्लाको बनेपा नगरपालिकाबाट तीन महिला र ११ पुरुष गरी १४ जना, धुलिखेलबाट एक महिला र दुई पुरुष गरी तीन जना, पनौती नगरपालिकाबाट दुई महिला र तीन पुरुष गरी पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै नमोबुद्ध नगरपालिकाबाट तीन महिला र चार पुरुष गरी सात जना, पाँचखाल नगरपालिकाकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कार्यालयले जिल्लाबाट २२ जना कोरोना निको भई घर फर्केको जनाएको छ । काभ्रेमा हालसम्म एक हजार ५ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एक हजार ९८ जना कोरोना निको भई घर फर्केका छन् । काभ्रेमा हालसम्म चार सय ४५ कोरोनाका सक्रिय संक्रमित छन् ।


क्याटेगोरी : बाग्मती प्रदेश
ट्याग : #Corona

तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!